
काठमाडौं १३ साउन । साताको कारोबारको तेश्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य दबाबमा देखिएको छ। दिनभर उतारचढावपूर्ण कारोबारपछि नेप्से ७.७९ अंक (०.२८ प्रतिशत) घटेर २,६८८.८८ बिन्दुमा बन्द भएको छ।
बजार घटे पनि कारोबार रकम भने उत्साहजनक रह्यो। दिनभरमा ४ अर्ब २ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार हुँदा ९७ लाख ७७ हजार ४४२ कित्ता शेयर किनबेच भएको देखिन्छ। यसले बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत गर्छ।
बजारमा ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८६ कम्पनी घटेका छन् भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। बढ्ने कम्पनीको संख्या निकै कम भएकाले बजारमा बिक्री दबाब हावी रहेको देखिन्छ।
आजको कारोबारमा एभरेष्ट कलर लिमिटेड सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको कम्पनी बन्यो। त्यसपछि कालिन्चोक हाईड्रोपावर लिमिटेड, स्नो रिभर लिमिटेड, नबिल व्यालेन्स्ड फण्ड ३ र खानीखोला हाईड्रोपाओर कम्पनी लिमिटेड उल्लेखनीय रूपमा बढेका छन्। अर्कोतर्फ सिभिल बैंक डिभेन्चर ८८, गरिमा समृद्धी योजना, मातृभुमी लघुवित्त संस्था लिमिटेड, कर्पोरेट डेभलप्मेन्ट बैंक लिमिटेड र शुभम पावर लिमिटेड सर्वाधिक घट्ने कम्पनीको सूचीमा परेका छन्।
कारोबार रकमका आधारमा हिमालयन पावर पर्टनर लिमिटेड अग्रस्थानमा रहँदा खानीखोला हाईड्रोपावर लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र सेन्ट्रक फाईनान्स कम्पनी लिमेटेड पनि उच्च कारोबार हुने कम्पनीमा परे। कारोबार भएको कित्ताको आधारमा भने खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा रह्यो। धेरै पटक किनबेच (Transactions) भएका कम्पनीहरूको सूचीमा सनिगढ हाईड्रो लिमिटेड शीर्ष स्थानमा देखिएको छ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम ४ अर्ब रुपैयाँ नाघ्नुले बजारबाट लगानीकर्ता पूर्ण रूपमा बाहिरिएका छैनन् भन्ने संकेत गर्छ। समग्र बजारमा गिरावट देखिए पनि केही कम्पनीमा केन्द्रित रूपमा खरिद चाप कायम रहेकाले लगानीकर्ताले छानिएका कम्पनीमा मात्र लगानी गरिरहेको अवस्था देखिन्छ।
बढ्नेभन्दा घट्ने कम्पनीको संख्या दोब्बरभन्दा बढी हुनु बजारमा अल्पकालीन दबाब अझै कायम रहेको संकेत हो। यद्यपि उच्च कारोबार रकमले बजारमा तरलता र सक्रियता कायम रहेको देखाउँछ। आगामी कारोबारमा लगानीकर्ताको ध्यान कम्पनीहरूको वित्तीय अवस्था, आगामी त्रैमासिक नतिजा तथा बजारको मनोविज्ञानतर्फ केन्द्रित रहने सम्भावना देखिन्छ।













समाचार
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली