
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का बेला सरकारमा रहेका मन्त्री तथा राजनीतिक नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै पराजुलीले संकटको समयमा मन्त्रीहरू आफैं घटनास्थलमा पुगेर सबै काम गर्न खोज्नुभन्दा राज्यका उपलब्ध संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नु महत्वपूर्ण हुने बताएका हुन्।
उनका अनुसार विपद्का बेला नेतृत्वको मुख्य जिम्मेवारी तत्काल निर्णय लिनु, आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्नु तथा उद्धार तथा राहतका क्रममा देखिएका अवरोध हटाउनु हो।
पराजुलीले विपद् प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकहरूले आफूहरू राज्यको बलियो साथमा रहेको अनुभूति गर्न सक्ने गरी सरकारले नेतृत्व प्रदान गर्नुपर्ने बताए।
‘संकटको समयमा नेतृत्व स्वयं सबै काम गर्न दौडिने होइन। सही ठाउँमा सही निर्णय गर्ने, आवश्यक व्यक्तिलाई जिम्मेवारी दिने, तत्काल निर्णय लिने र सम्पूर्ण राज्य संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्ने हो,’ उनले भने।
उनले विपद्को समयमा उद्धारकर्मीलाई मनोबल बढाउने वातावरण बनाउनुपर्ने तथा सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी र निर्देशन दिनुपर्नेमा जोड दिए।
पराजुलीले कमाण्ड, समन्वय र सञ्चार (Command, Coordination and Communication) को प्रणाली बलियो बनाएर राज्यका सबै निकायलाई एउटै उद्देश्यमा परिचालन गर्नुपर्ने बताए।
उनका भनाइमा संकटका बेला पदमा बसेर मात्र नेतृत्वको जिम्मेवारी पूरा हुँदैन। कुन निकायले के काम गर्ने भन्ने स्पष्ट पार्दै त्यसको परिणाम आउने गरी संयन्त्र परिचालन गर्न सक्नु नै नेतृत्वको वास्तविक परीक्षा हो।
‘विपद्का बेला नागरिकलाई भरोसा, उद्धारकर्मीलाई हौसला र सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिन सक्नु सरकारको प्राथमिकता हुनुपर्छ,’ पराजुलीले बताए।
उनले खोज तथा उद्धारसँगै राहत वितरणलाई प्रभावकारी बनाउन राज्यसँग उपलब्ध सम्पूर्ण स्रोत, जनशक्ति र संरचनाको अधिकतम उपयोग गर्नुपर्ने धारणा राखे।












समाचार
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन