
काठमाडौं, असार १८ गते ।
उपसभामुख रुबीकुमारी ठाकुरको नाम जोडिएको विवाद सतहमा आएपछि ‘श्रम संस्कृति’ पार्टीले आफ्ना प्रमुख स्वकीय सचिव दीपकजङ्ग ठाकुरलाई निलम्बन गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा जारी सूचनाअनुसार ठाकुरलाई आजकै मितिदेखि लागु हुने गरी निलम्बन गरिएको हो।
जारी विज्ञप्तिमा ठाकुरले “पार्टीको नीति र सिद्धान्तविपरीत काम गरेको तथा अनेकौं सामाजिक समस्याहरू सिर्जना गरेको” उल्लेख छ। पार्टीले अर्को व्यवस्था नभएसम्म उनीसँग कुनै पनि राजनीतिक वा आधिकारिक गतिविधि नगर्न र नगराउन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएको छ।
यसअघि उपसभामुख रुबीकुमारी ठाकुरको नाम बदनाम गर्ने खालका गतिविधिमा स्वकीय सचिव ठाकुर संलग्न रहेको भन्दै जनआस्था साप्ताहिकले विस्तृत समाचार प्रकाशित गरेको थियो। उक्त समाचार सार्वजनिक भएलगत्तै पार्टीले यो कदम चालेको हो। यद्यपि, विज्ञप्तिमा उल्लेखित “अनेकौं सामाजिक समस्या” भन्नाले कस्ता विषय हुन् भन्नेबारे पार्टीले विस्तृत विवरण खुलाएको छैन।
यस निलम्बनपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्। घटनालाई लिएर नयाँ राजनीतिक संस्कारमाथि समेत प्रश्न उठाउन थालिएको छ।
”यदि विवादमा दुवै पक्षको संलग्नता वा नाम जोडिएको हो भने, कारबाही र जिम्मेवारीको कसि दुवैतर्फ समान हुनुपर्छ। सहयोगी (स्वकीय सचिव) लाई मात्र बलि का बकरो बनाएर उच्चपदस्थ व्यक्तिलाई उन्मुक्ति दिनु कत्तिको न्यायसङ्गत हो?” भन्दै कतिपय विश्लेषकहरूले प्रश्न उठाएका छन्।
यस गम्भीर विषयमा श्रम संस्कृति पार्टीले थप प्रष्टीकरण दिएको छैन भने उपसभामुख रुबीकुमारी ठाकुर र निलम्बित दीपकजङ्ग ठाकुरको तर्फबाट आधिकारिक धारणा वा विस्तृत प्रतिक्रिया आउन बाँकी नै छ। घटनाको यथार्थ विवरण बाहिर आउन बाँकी रहेकाले यसले आगामी दिनमा कस्तो मोड लिन्छ भन्ने चासोका साथ हेरिएको छ।













समाचार
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा
कांग्रेसको नेतृत्वमा गगन थापा, अन्य पदको नतिजा कहिलेसम्म?
बिल लिने मात्रै होइन, विल दिनेले पनि पैसा पाउने ! सरकार गज्जवको उपहार योजनाको तयारीमा।