
काठमाडौं, असार १८ गते ।
उपसभामुख रुबीकुमारी ठाकुरको नाम जोडिएको विवाद सतहमा आएपछि ‘श्रम संस्कृति’ पार्टीले आफ्ना प्रमुख स्वकीय सचिव दीपकजङ्ग ठाकुरलाई निलम्बन गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा जारी सूचनाअनुसार ठाकुरलाई आजकै मितिदेखि लागु हुने गरी निलम्बन गरिएको हो।
जारी विज्ञप्तिमा ठाकुरले “पार्टीको नीति र सिद्धान्तविपरीत काम गरेको तथा अनेकौं सामाजिक समस्याहरू सिर्जना गरेको” उल्लेख छ। पार्टीले अर्को व्यवस्था नभएसम्म उनीसँग कुनै पनि राजनीतिक वा आधिकारिक गतिविधि नगर्न र नगराउन आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएको छ।
यसअघि उपसभामुख रुबीकुमारी ठाकुरको नाम बदनाम गर्ने खालका गतिविधिमा स्वकीय सचिव ठाकुर संलग्न रहेको भन्दै जनआस्था साप्ताहिकले विस्तृत समाचार प्रकाशित गरेको थियो। उक्त समाचार सार्वजनिक भएलगत्तै पार्टीले यो कदम चालेको हो। यद्यपि, विज्ञप्तिमा उल्लेखित “अनेकौं सामाजिक समस्या” भन्नाले कस्ता विषय हुन् भन्नेबारे पार्टीले विस्तृत विवरण खुलाएको छैन।
यस निलम्बनपछि राजनीतिक वृत्त र सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी सुरु भएका छन्। घटनालाई लिएर नयाँ राजनीतिक संस्कारमाथि समेत प्रश्न उठाउन थालिएको छ।
”यदि विवादमा दुवै पक्षको संलग्नता वा नाम जोडिएको हो भने, कारबाही र जिम्मेवारीको कसि दुवैतर्फ समान हुनुपर्छ। सहयोगी (स्वकीय सचिव) लाई मात्र बलि का बकरो बनाएर उच्चपदस्थ व्यक्तिलाई उन्मुक्ति दिनु कत्तिको न्यायसङ्गत हो?” भन्दै कतिपय विश्लेषकहरूले प्रश्न उठाएका छन्।
यस गम्भीर विषयमा श्रम संस्कृति पार्टीले थप प्रष्टीकरण दिएको छैन भने उपसभामुख रुबीकुमारी ठाकुर र निलम्बित दीपकजङ्ग ठाकुरको तर्फबाट आधिकारिक धारणा वा विस्तृत प्रतिक्रिया आउन बाँकी नै छ। घटनाको यथार्थ विवरण बाहिर आउन बाँकी रहेकाले यसले आगामी दिनमा कस्तो मोड लिन्छ भन्ने चासोका साथ हेरिएको छ।













समाचार
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन