
सिन्धुपाल्चोक असार ७ — श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिँदै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १६ सदस्यीय पालिका समिति गठन गरेको छ।
पार्टीका केन्द्रीय सदस्य विष्णुप्रसाद (बी.पी.) पौडेलको प्रमुख आतिथ्यता तथा इन्द्रावती गाउँपालिका अध्यक्ष चटकबहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट कृष्णबहादुर नेपालीको अध्यक्षतामा नयाँ पालिका समिति चयन गरिएको हो।
नवगठित समितिको उपाध्यक्षमा भरतप्रसाद लामिछाने, सचिवमा दीपक सोनार, सहसचिवमा रामकृष्ण लामिछाने तथा कोषाध्यक्षमा मखमली विक चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा पोष्टबहादुर तामाङ, रामकाजी सोनार, केशव लामिछाने, गंगामाया सुनार, निरोज नेपाली, विमाया तामाङ, मुस्कान तामाङ, सुन्तली कटुवाल, तारा सोनार, सुनीता सोनार, झम्कनाथ तिमल्सिना लगायत रहेका छन्। अन्य सदस्यहरू समेत समेटेर १६ सदस्यीय पालिका समिति गठन गरिएको पार्टीले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले श्रम संस्कृति पार्टी श्रम, उत्पादन, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढिरहेको बताए। उनले स्थानीय तहसम्म संगठनलाई सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
नवनिर्वाचित अध्यक्ष कृष्णबहादुर नेपालीले हेलम्बु गाउँपालिकालाई श्रम, विकास र जनसहभागिताको नमुना केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सिन्धुपाल्चोकलाई श्रममय, उत्पादनमुखी र आत्मनिर्भर जिल्ला बनाउने अभियानमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै जनतासँग सहकार्य गरेर अघि बढ्ने बताए।
प्रदेश कमिटी सदस्य भानु श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष कृष्णबहादुर बानियाँले गरेका थिए। उनले संगठन विस्तारसँगै जनताका समस्या समाधान, जनउत्तरदायित्व र विकास निर्माणका कार्यमा केन्द्रित भएर काम गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा उपस्थित विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा स्थानीय विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
हेलम्बु गाउँपालिकामा पालिका समिति गठन भएसँगै श्रम संस्कृति पार्टीले सिन्धुपाल्चोकमा आफ्नो संगठनात्मक उपस्थिति थप मजबुत बनाएको छ। स्थानीयस्तरमा श्रम, विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पार्टीले आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।












समाचार
कारोबार साढे ४ अर्बमा सीमित, १६६ कम्पनी घट्दा नेप्से सामान्य करेक्सनसहित बन्द।
किन लाग्छन प्रहरीको गोली कम्मरभन्दा माथि? सुनसरीदेखि जेन्जी आन्दोलनसम्म उठ्दै गम्भीर प्रश्न:
नेपालले सुरु गर्यो सुरुङमार्गको नयाँ युग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन
शेयर बजारमा ३३ अंकको गिरावट: २७०० को विन्दुमा थामियो नेप्से, ६ अर्ब माथिको कारोबार
एमाले–नेकपा बीच प्रदेश सरकारको नयाँ सत्ता समीकरण, पाँच प्रदेशको नेतृत्व टुंगियो
विद्यार्थी आन्दोलनको चर्को दबाबपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
नेप्सेमा हरियाली: सूचक १४.१७ अंकले उकालो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
गाउँ–गाउँमा संगठन, जनतामाझ विश्वास: त्रिपुरासुन्दरी–२ मा श्रम संस्कृति पार्टीको नयाँ सुरुआत
सरकारले घुँडा टेक्यो : व्यापक विरोध पछि निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर फिर्ता
राजनीतिक बहसभन्दा जनजीविकाको सवाल महत्वपूर्ण