
काठमाडौं, २९ असार ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित निवास अगाडि एक शंकास्पद गाडी पार्किङ गरिएको अवस्थामा फेला परेको छ।
स्थानीयका अनुसार सोमबार बिहान करिब ७ बजेदेखि B AC 9575 नम्बरको गाडी निवासको गेटै अगाडि मोटरसाइकल समेत निस्कन नमिल्ने गरी पार्किङ गरेर छाडिएको हो। अचम्मको कुरा त, उक्त गाडीका चालकले सवारी साधन त्यहीँ छाडेर प्रहरीकै गाडीमा चढेर फर्किएको स्थानीयले दाबी गरेका छन्। यद्यपि, प्रहरीले भने यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
सञ्चार गृहहरूमा पनि उस्तै गतिविधि
कांग्रेस सभापति थापाको निवास अगाडि मात्र नभई सोमबार बिहानैदेखि काठमाडौंका प्रमुख सञ्चार गृहहरू अगाडि पनि यसै गरी शंकास्पद गाडीहरू पार्किङ गरिएका छन्। अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि सवारी आवतजावतमा अवरोध पुग्ने गरी शंकास्पद रूपमा गाडीहरू राखिएको पाइएको छ।
एकै दिन नेता र सञ्चार माध्यमका कार्यालयहरूलाई लक्षित गरी भएका यी शंकास्पद पार्किङका घटनाहरूलाई प्रहरीले गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको छ।











समाचार
कारोबार साढे ४ अर्बमा सीमित, १६६ कम्पनी घट्दा नेप्से सामान्य करेक्सनसहित बन्द।
किन लाग्छन प्रहरीको गोली कम्मरभन्दा माथि? सुनसरीदेखि जेन्जी आन्दोलनसम्म उठ्दै गम्भीर प्रश्न:
नेपालले सुरु गर्यो सुरुङमार्गको नयाँ युग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन
शेयर बजारमा ३३ अंकको गिरावट: २७०० को विन्दुमा थामियो नेप्से, ६ अर्ब माथिको कारोबार
एमाले–नेकपा बीच प्रदेश सरकारको नयाँ सत्ता समीकरण, पाँच प्रदेशको नेतृत्व टुंगियो
विद्यार्थी आन्दोलनको चर्को दबाबपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
नेप्सेमा हरियाली: सूचक १४.१७ अंकले उकालो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
गाउँ–गाउँमा संगठन, जनतामाझ विश्वास: त्रिपुरासुन्दरी–२ मा श्रम संस्कृति पार्टीको नयाँ सुरुआत
सरकारले घुँडा टेक्यो : व्यापक विरोध पछि निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर फिर्ता
राजनीतिक बहसभन्दा जनजीविकाको सवाल महत्वपूर्ण