
काठमाडौं, २९ असार ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित निवास अगाडि एक शंकास्पद गाडी पार्किङ गरिएको अवस्थामा फेला परेको छ।
स्थानीयका अनुसार सोमबार बिहान करिब ७ बजेदेखि B AC 9575 नम्बरको गाडी निवासको गेटै अगाडि मोटरसाइकल समेत निस्कन नमिल्ने गरी पार्किङ गरेर छाडिएको हो। अचम्मको कुरा त, उक्त गाडीका चालकले सवारी साधन त्यहीँ छाडेर प्रहरीकै गाडीमा चढेर फर्किएको स्थानीयले दाबी गरेका छन्। यद्यपि, प्रहरीले भने यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
सञ्चार गृहहरूमा पनि उस्तै गतिविधि
कांग्रेस सभापति थापाको निवास अगाडि मात्र नभई सोमबार बिहानैदेखि काठमाडौंका प्रमुख सञ्चार गृहहरू अगाडि पनि यसै गरी शंकास्पद गाडीहरू पार्किङ गरिएका छन्। अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि सवारी आवतजावतमा अवरोध पुग्ने गरी शंकास्पद रूपमा गाडीहरू राखिएको पाइएको छ।
एकै दिन नेता र सञ्चार माध्यमका कार्यालयहरूलाई लक्षित गरी भएका यी शंकास्पद पार्किङका घटनाहरूलाई प्रहरीले गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको छ।













समाचार
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा