
सिन्धुली, १८ साउन — मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परि तीन जना सुनकोशी नदीमा बेपत्ता भएका छन्।
प्रहरीका अनुसार बिहान करिब १०:३० बजे सडक किनारमा रोकिराखिएको कारलाई तीव्र गतिमा आएको यात्रुवाहक बसले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करको तीव्र प्रभावका कारण कार सडकबाट तल खसेर सिधै सुनकोशी नदीमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनाग्रस्त कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार तथा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का पूर्व वडाध्यक्ष दिलकुमार लामाको रहेको पुष्टि भएको छ।
बेपत्ता हुनेहरू: कारमा सवार पूर्व वडाध्यक्ष लामा, एक्स्काभेटर चालक (गोलञ्जोर गाउँपालिका–१, डुँडेभञ्ज्याङका गणेश थापा) र नाम-वतन नखुलेका एकजना हेल्पर गरी ३ जना सुनकोशी नदीमा बेपत्ता भएका हुन्ई। ईलाका प्रहरी कार्यालय खुर्कोट तथा सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली घटनास्थल पुगेर खोजी कार्य जारी राखेका छन्।
दुर्घटनाको प्रत्यक्षदर्शी विवरण:
सडक किनारमा पार्क गरी राखिएको कारलाई नियन्त्रण गुमाएको बसले पछाडिबाट जोडले ठक्कर दिएको र लगत्तै कार सडकबाट उछिट्टिएर नदीमा खसेको स्थानीयहरूले बताएका छन्।
तीव्र बहावका कारण उद्धारमा सकस
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र उद्धार टोली परिचालन भई खोजी कार्य तीव्र पारिएको छ। यद्यपि, वर्षात्का कारण सुनकोशी नदीको उच्च बहाव, गहिराइ र भिरालो भौगोलिक बनावटका कारण गोताखोर तथा उद्धार टोलीलाई खोजी कार्यमा ठूलो चुनौती थपिएको छ।
बस नियन्त्रणमा
दुर्घटनामा संलग्न यात्रुवाहक बसलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। बसले सडक किनारमा रोकिराखिएको गाडीलाई कसरी ठक्कर दियो भन्ने विषयमा प्राविधिक परीक्षण र कानुनी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
पूर्व जनप्रतिनिधि तथा निर्माण व्यवसायी समेत रहेका लामा र अन्य दुई जना बेपत्ता भएपछि सिन्धुपाल्चोक र सिन्धुली क्षेत्रका स्थानीयवासी तथा आफन्तहरू स्तब्ध बनेका छन्। प्रहरीले खोजी कार्यबाट प्राप्त हुने थप विवरण क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।












समाचार
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन