
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट दर्ता भएको छ। बजार खुला भएसँगै केही समय उकालो लागेको नेप्से, कारोबारको उत्तरार्धतिर भने निरन्तर ओरालो लाग्दै ३३.२८ अंक (१.२१ प्रतिशत) ले घटेर २,७०१.३२ को विन्दुमा झरेर बन्द भएको छ।बजारमा दबाब देखिए तापनि कारोबार रकम भने ६ अर्ब रुपैयाँ नाघेको छ।

कारोबार र बजारको अवस्था
सोमबार कुल ३६० वटा कम्पनी (स्क्रिप्स) को १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६९ हजार ८०३ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ८ करोड ८६ लाख ३३ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ।
३६ वटा कम्पनी को बढेको छ भने २३४ वटा कम्पनीको घटेकोछ, ५ वटा कम्पनीको भने स्थिर रह्यो।
अधिकांश कम्पनीको शेयर मूल्य घट्दा कुल बजार पुँजीकरण ४६ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ६७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
गिरावाट आएको बजारमा पनि केही कम्पनीका लगानीकर्ताले आकर्षक मुनाफा कमाएका छन। ईस्टर्न हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर ७४८.७० रुपैयाँ पुगेको छ। त्यस्तै, गरिमा समृद्धी योजना ४.७८%, सानिमा बैंक लि. डिबेन्चर ४.५५%, गुर्खाज फाईनान्स लिमिटेड ३.८६% र एनआईएम्बी डिबेन्चर ९० ३.७८% ले बजार घट्दा पनि सानाे-तिनो सुधार दर्ता गरेका छन्।
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो, जसको ३३ करोड ८६ लाख ६६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद-बिक्री भयो, ग्लोबल आइएमई बैंक रु. २८ करोड १३ लाख, रिडी पावर रु. २२ करोड १३ लाख, कुमारी बैंक रु. १७ करोड २२ लाख, सेन्ट्रल फाइनान्स रु. १५ करोड ९९ लाख कारोबार भयो।

कारोबार अवधिभर बजार २,७४० सम्म पुगे तापनि अन्तिम समयमा आएको बिक्री चापले नेप्सेलाई २,७०१.३२ को विन्दुमा ल्याएर रोकेको छ। लगानीकर्ताहरूका लागि २७०० को विन्दु हालका लागि एक बलियो मनोवैज्ञानिक टेवाको रूपमा देखिएको छ।
अघिल्ला दिनहरूमा लगातार बढेको वा उच्च विन्दुमा पुगेको बजारबाट अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित (Profit Booking) गर्दा बिक्री चाप बढेको देखिन्छ। २३४ वटा कम्पनीको मूल्य घट्नुले बजारभरि नै व्यापक बिक्री चाप रहेको संकेत गर्छ।
बजार ३३ अंकले घट्दा पनि ६ अर्बभन्दा बढीको कारोबार हुनुले लगानीकर्ताहरू बजारबाट बाहिरिनुभन्दा पनि शेयर किनबेचमै सक्रिय रहेको देखाउँछ। घटेको मूल्यमा पनि खरिदकर्ताहरू बजारमा सक्रिय छन् भन्ने यसले पुष्टि गर्छ।













समाचार
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा