
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकको गिरावट दर्ता भएको छ। बजार खुला भएसँगै केही समय उकालो लागेको नेप्से, कारोबारको उत्तरार्धतिर भने निरन्तर ओरालो लाग्दै ३३.२८ अंक (१.२१ प्रतिशत) ले घटेर २,७०१.३२ को विन्दुमा झरेर बन्द भएको छ।बजारमा दबाब देखिए तापनि कारोबार रकम भने ६ अर्ब रुपैयाँ नाघेको छ।

कारोबार र बजारको अवस्था
सोमबार कुल ३६० वटा कम्पनी (स्क्रिप्स) को १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६९ हजार ८०३ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ८ करोड ८६ लाख ३३ हजार ३५४ रुपैयाँ बराबरको कारोबार भएको छ।
३६ वटा कम्पनी को बढेको छ भने २३४ वटा कम्पनीको घटेकोछ, ५ वटा कम्पनीको भने स्थिर रह्यो।
अधिकांश कम्पनीको शेयर मूल्य घट्दा कुल बजार पुँजीकरण ४६ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ६७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
गिरावाट आएको बजारमा पनि केही कम्पनीका लगानीकर्ताले आकर्षक मुनाफा कमाएका छन। ईस्टर्न हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेर ७४८.७० रुपैयाँ पुगेको छ। त्यस्तै, गरिमा समृद्धी योजना ४.७८%, सानिमा बैंक लि. डिबेन्चर ४.५५%, गुर्खाज फाईनान्स लिमिटेड ३.८६% र एनआईएम्बी डिबेन्चर ९० ३.७८% ले बजार घट्दा पनि सानाे-तिनो सुधार दर्ता गरेका छन्।
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो, जसको ३३ करोड ८६ लाख ६६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिद-बिक्री भयो, ग्लोबल आइएमई बैंक रु. २८ करोड १३ लाख, रिडी पावर रु. २२ करोड १३ लाख, कुमारी बैंक रु. १७ करोड २२ लाख, सेन्ट्रल फाइनान्स रु. १५ करोड ९९ लाख कारोबार भयो।

कारोबार अवधिभर बजार २,७४० सम्म पुगे तापनि अन्तिम समयमा आएको बिक्री चापले नेप्सेलाई २,७०१.३२ को विन्दुमा ल्याएर रोकेको छ। लगानीकर्ताहरूका लागि २७०० को विन्दु हालका लागि एक बलियो मनोवैज्ञानिक टेवाको रूपमा देखिएको छ।
अघिल्ला दिनहरूमा लगातार बढेको वा उच्च विन्दुमा पुगेको बजारबाट अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित (Profit Booking) गर्दा बिक्री चाप बढेको देखिन्छ। २३४ वटा कम्पनीको मूल्य घट्नुले बजारभरि नै व्यापक बिक्री चाप रहेको संकेत गर्छ।
बजार ३३ अंकले घट्दा पनि ६ अर्बभन्दा बढीको कारोबार हुनुले लगानीकर्ताहरू बजारबाट बाहिरिनुभन्दा पनि शेयर किनबेचमै सक्रिय रहेको देखाउँछ। घटेको मूल्यमा पनि खरिदकर्ताहरू बजारमा सक्रिय छन् भन्ने यसले पुष्टि गर्छ।












समाचार
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन