
काठमाडौँ । काठमाण्डौंको सडक तथा चोकहरु आज दिनभर ट्राफिक जामका कारण अस्तव्यस्त रह्यो। यात्रु तथा सडक प्रयोगकर्ताहरु चर्को घामको सामना गर्दै जाम खुल्ने प्रतिक्षामा दिन विताउन वाध्य भएका थिए।
केही चोकहरुमा फाटटफुट्ट देखिएको ट्राफिक प्रहरी पनि चोकभदा केही पर देखिन्थ्यो भने केही चोकहरुमा जनपद प्रहरीले ट्राफिक व्यवस्थापन गर्ने प्रयास गरि रहेका देखिन्थे। सडकमा ट्राफिक प्रहरीको उपस्थिति नदेखिएको घटनाप्रती सर्वसाधारणले आश्चार्य मानेका छन्।
मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणपछि सरकार, ट्राफिक व्यवस्था र राज्य संयन्त्रको भूमिकामाथि सामाजिक सञ्जालमा तीव्र आलोचना भैरहेको बेला अस्ति शनिबार न्यूरोड क्षेत्रमा जथाभावी पार्किङ गरि सवारी आवगमन अस्तव्यस्त भएको सन्दर्भमा सामाजिक संजालको विभिन्न ग्रुपमा उर्दिनै जारी गरि नियोजित रुपमा सरकार पक्षलेनै गराईएको भन्ने आरोपको भने स्वतन्त्र पुष्टि भएको छैन।
हिजो दिनभर काँग्रेस सभापती गगन कुमार थापा निवास गेट र विभिन्न संचार गृहको गेटमा अनधिकृत संकास्पद पार्किङ भएका भएको समाचारहरुले सामाजिक संजाल र समाचारहरु तातिरहेको अवस्थामा आज सडकमा ट्राफिक प्रहरीको अनुपस्थितिलाई जोडेर विभिन्न अड्कल तथा विश्लेषणहरु भैरहेका छन।
पछिल्ला समयमा ट्राफिक नियम उल्लङ्घनमा कडाइ, चर्को जरिवाना तथा ट्राफिक व्यवहारप्रति नागरिकस्तरबाट आलोचना हुँदै आएको छ। यस्तो अवस्थामा राजधानीको ट्राफिक व्यवस्थापन नै कमजोर देखिँदा नागरिकबीच नयाँ प्रश्न उठेको छ– नियम पालना गराउन कठोर हुने राज्य नागरिकलाई सहज आवागमनको आधारभूत सेवा दिन भने कति जिम्मेवार छ?
विभिन्न कारणले सडक अवरुद्ध हुने वा प्रदर्शनका कारण सवारी चाप बढ्ने अवस्था सिर्जना भए पनि त्यसको व्यवस्थापन गर्नु राज्यको दायित्व भएको नागरिकहरूको तर्क छ। तर सोमबार देखिएको अवस्थाले राज्य संयन्त्र आफ्नो जिम्मेवारीबाट पछि हटेको अनुभूति भएको कतिपय सर्वसाधारणले बताएका छन्।
घटनाबारे सम्बन्धित निकायसँग प्रतिक्रिया लिन खोजिए पनि समाचार तयार पार्दासम्म आधिकारिक धारणा प्राप्त हुन सकेको थिएन।
राजधानीको सडकमा देखिएको यो दृश्य केवल ट्राफिक व्यवस्थापनको कमजोरी मात्र थियो कि नागरिक असन्तुष्टि र राज्य संयन्त्रबीच बढ्दो दूरीको संकेत, त्यसको उत्तर सम्बन्धित निकायले दिनुपर्ने देखिएको छ।












समाचार
कारोबार साढे ४ अर्बमा सीमित, १६६ कम्पनी घट्दा नेप्से सामान्य करेक्सनसहित बन्द।
किन लाग्छन प्रहरीको गोली कम्मरभन्दा माथि? सुनसरीदेखि जेन्जी आन्दोलनसम्म उठ्दै गम्भीर प्रश्न:
नेपालले सुरु गर्यो सुरुङमार्गको नयाँ युग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन
शेयर बजारमा ३३ अंकको गिरावट: २७०० को विन्दुमा थामियो नेप्से, ६ अर्ब माथिको कारोबार
एमाले–नेकपा बीच प्रदेश सरकारको नयाँ सत्ता समीकरण, पाँच प्रदेशको नेतृत्व टुंगियो
विद्यार्थी आन्दोलनको चर्को दबाबपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
नेप्सेमा हरियाली: सूचक १४.१७ अंकले उकालो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
गाउँ–गाउँमा संगठन, जनतामाझ विश्वास: त्रिपुरासुन्दरी–२ मा श्रम संस्कृति पार्टीको नयाँ सुरुआत
सरकारले घुँडा टेक्यो : व्यापक विरोध पछि निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर फिर्ता
राजनीतिक बहसभन्दा जनजीविकाको सवाल महत्वपूर्ण