
काठमाडौं, १२ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सामान्य अंकले घटेको छ। सोमबार नेप्से ४.६४ अंक (०.१७ प्रतिशत) ले घटेर २,६९६.६७ बिन्दु मा बन्द भएको छ।
बजार सामान्य घटे पनि कारोबार भने उत्साहजनक देखिएको छ। दिनभर ३४२ कम्पनीका १ करोड ४२ हजार ८६३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ५५ हजार ५८० पटक शेयर खरिद–बिक्री भएको तथ्यांकले देखाउँछ।
बजारमा ९८ कम्पनीको शेयर मूल्य बढ्दा १६६ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा बिक्री दबाब केही बढी रहेको संकेत गरेको छ।
आज एभरेष्ट कलर लिमिटेड कम्पनीको शेयर मूल्य १५ प्रतिशत ले बढ्दै सबैभन्दा धेरै कमाउने कम्पनी बनेको छ। त्यसपछि लक्ष्मी उन्नति कोष, गरिमा समृद्धि योजना, याम्बालिङ हाईड्रोपावर लिमिटेड र सिटिजन सुर ३० म्युचुयल फण्ड सकारात्मक सूचीमा परेका छन्।
यता कुलेखानी बुखारी स्मल हाईड्रोपावर लिमिटेड को शेयर मूल्य ६.०७ प्रतिशत ले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। त्यसपछि सोद्धार्थ ईन्क्वायरी फण्ड, मेगा म्युचुयल फण्ड-१, धौलागिरी लघुवित्त वितीय संस्था लिमिटेड र आरबिबि फोकस ४० को मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। त्यसपछि रिडि पावर कम्पनी लिमिटेड, सोलु हाईड्रोपावर लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेड धेरै कारोबार हुने कम्पनीमा परेका छन्। शेयर संख्याका आधारमा ग्लोबल आईएमई बैंक लिमिटेड सबैभन्दा धेरै किनबेच भएको कम्पनी रहँदा रिडि पावर कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड, सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेड र आरबिबि फोकस ४० शीर्ष पाँचमा परेका छन्।
त्यसैगरी कारोबार संख्याका आधारमा सानिगढ हाईड्रो लिमिटेड अग्रस्थानमा रह्यो भने कलंगा हाईड्रोपावर लिमिटेड, सोलु हाईड्रो पावर लिमिटेड, टक्सार पिखुवाखोला हाईड्रोपावर लिमिटेड र याम्बालिङ हाईड्रोपावर लिमिटेड सबैभन्दा बढी पटक कारोबार हुने कम्पनी बने।
समग्रमा, बजार सामान्य अंकले घटे पनि ४ अर्बभन्दा बढीको कारोबार हुनुले लगानीकर्ताको सक्रियता कायम रहेको देखिएको छ। अब आगामी कारोबारमा नेप्सेले २,७०० बिन्दु माथि टिक्न सक्छ वा पुनः दबाबमा पर्छ भन्नेमा लगानीकर्ताको विशेष चासो रहनेछ।












समाचार
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन