
सिन्धुपाल्चोक । नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका जोड्ने बाह्रबिसे–तातोपानी खण्डको करिब २६ किलोमिटर अन्तर्राष्ट्रिय राजमार्ग दिनप्रतिदिन जर्जर बन्दै गएको छ। सडकको दयनीय अवस्थाले अन्तर्राष्ट्रिय व्यापार, स्थानीय जनजीवन र यातायात सेवा सबै प्रभावित भएका छन्।
सडक बिग्रिँदै जाँदा चीनबाट नेपाल भित्रिने र नेपालबाट चीनतर्फ जाने मालवाहक कन्टेनरहरू घण्टौंदेखि दिनौंसम्म बाटोमै रोकिन बाध्य हुने गरेका छन्। यसले ढुवानी लागत बढाउनुका साथै आयात–निर्यात व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरूको गुनासो छ।
स्थानीय बासिन्दा पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। वर्षायाममा पहिरो, सडक भासिने तथा ढुंगा खस्ने जोखिमले विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स र दैनिक आवतजावत गर्ने सर्वसाधारण सबै समस्यामा परेका छन्।
यही अवस्थाबीच स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म एउटा प्रश्न तीव्र रूपमा उठ्न थालेको छ—सिन्धुपाल्चोकको यो गम्भीर समस्या संसदमा किन प्रभावकारी रूपमा उठ्न सकेको छैन?
स्थानीयहरूका अनुसार विगतमा तत्कालीन प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’, पूर्वमन्त्री मोहनबहादुर बस्नेत तथा नेता रमेश पौडेललगायतले तातोपानी सडकको विषय निरन्तर उठाउने गरेका थिए। विशेषगरी तत्कालीन सांसद माधव सापकोटाले संसदमा तथ्य, प्रमाण र तर्कसहित सरकारको ध्यानाकर्षण गराउँदै यस विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेका थिए।
तर अहिले अन्तर्राष्ट्रिय व्यापारसँग प्रत्यक्ष जोडिएको यो सडकको अवस्था झन् बिग्रिँदै जाँदा पनि संसद र सम्बन्धित निकायबाट पर्याप्त दबाब वा प्रभावकारी पहल नदेखिएको स्थानीयहरूको गुनासो छ।
व्यापारी, यातायात व्यवसायी र स्थानीय सरोकारवालाले तातोपानी नाका नेपालको अर्थतन्त्रका लागि रणनीतिक महत्वको नाका भएकाले बाह्रबिसे–तातोपानी सडकको तत्काल स्तरोन्नति, नियमित मर्मत र दीर्घकालीन समाधानको माग गरेका छन्। उनीहरूको भनाइमा सडकको समस्या तत्काल समाधान नभए नेपाल–चीन व्यापार, पर्यटन तथा स्थानीय अर्थतन्त्रमा अझ गम्भीर असर पर्नेछ।
स्थानीयहरूले सरकार, सम्बन्धित मन्त्रालय र जनप्रतिनिधिलाई संसददेखि कार्यान्वयन तहसम्म सक्रिय पहल गरी यो अन्तर्राष्ट्रिय राजमार्गलाई सुरक्षित र सहज बनाउन तत्काल कदम चाल्न आग्रह गरेका छन्।











समाचार
नेपालले सुरु गर्यो सुरुङमार्गको नयाँ युग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन
शेयर बजारमा ३३ अंकको गिरावट: २७०० को विन्दुमा थामियो नेप्से, ६ अर्ब माथिको कारोबार
एमाले–नेकपा बीच प्रदेश सरकारको नयाँ सत्ता समीकरण, पाँच प्रदेशको नेतृत्व टुंगियो
विद्यार्थी आन्दोलनको चर्को दबाबपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
नेप्सेमा हरियाली: सूचक १४.१७ अंकले उकालो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
गाउँ–गाउँमा संगठन, जनतामाझ विश्वास: त्रिपुरासुन्दरी–२ मा श्रम संस्कृति पार्टीको नयाँ सुरुआत
सरकारले घुँडा टेक्यो : व्यापक विरोध पछि निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर फिर्ता
राजनीतिक बहसभन्दा जनजीविकाको सवाल महत्वपूर्ण
पेप्सीकोला टाउनप्लानिङ क्षेत्र किन डुब्यो? प्राकृतिक विपत्ति मात्र होइन अव्यवस्थित शहरीकरण पनि।
१०० दिनको प्रतिबद्धता अधुरै: ‘ब्लु बस’ योजना सम्झौ हुनै बाँकी, सञ्चालन कहिले?