
काठमाडौँ ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट डिपार्टमेन्ट) अगाडि बुधबार दिउँसो एक युवकले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीसँगको विवादकै क्रममा ती युवकले आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेका हुन्।
आत्मदाहको प्रयास गर्नेमा २५ वर्षीय गणेश नेपाली रहेका छन्, जो पेसाले राइडर (पठाओ/इनड्राइभर चालक) हुन्। प्रहरीका अनुसार घटनालगत्तै उनलाई नियन्त्रणमा लिएर उद्धार गरिएको र हाल थप अनुसन्धान भइरहेको छ।
प्रत्यक्षदर्शीका अनुसार राहदानी विभाग आसपासको क्षेत्रमा ट्राफिक र सुरक्षा व्यवस्थाका नाममा प्रहरी र सर्वसाधारणबीच बारम्बार भनाभन हुने गरेको छ। बुधबार पनि कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारी र गणेश नेपालीबीच भनाभन भएको थियो। विवाद बढ्दै जाँदा प्रहरीकै अगाडि ती युवाले आत्मदाहको प्रयास गरेपछि त्यहाँ उपस्थित सर्वसाधारण स्तब्ध भएका थिए।
घटनाको वास्तविक र कानुनी कारण खुल्दै जाला, तर यो घटनाले पछिल्लो समय राज्यका जिम्मेवार निकाय र आम नागरिकबीच बढ्दै गएको दूरी र आक्रोशलाई पुनः सडकमा छताछुल्ल पारेको छ।
यो घटना केवल एक व्यक्तिको आवेग मात्र होइन, बरु नेपाली समाजमा भुइँमान्छेहरूले भोग्दै आएको दैनिक सास्ती र राज्यको निर्मम चरित्रको प्रतिविम्ब भएको विश्लेषण गर्न थालिएको छ। सामाजिक सञ्जाल र सडकमा सर्वसाधारणहरूले स्थानीय सरकार र प्रहरी प्रशासनको शैलीमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
पछिल्लो समय नेपालमा युवाहरूले राज्य संयन्त्रको थिचोमिचो र आर्थिक संकटका कारण आत्मदाहको बाटो रोज्ने प्रवृत्ति बढ्दो छ। केही समयअघि बानेश्वरमा प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहको घाउ निको नहुँदै राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले गरेको यो प्रयासले देशको भयावह तस्विर देखाउँछ।गणेश नेपालीको आत्मदाह प्रयासको घटनाले राहदानी विभागको भीड र सुरक्षा व्यवस्थापनमाथि मात्र होइन, समग्र राज्य प्रणाली र न्याय व्यवस्थामाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। जबसम्म राज्यले श्रमजीवी, सर्वसाधारण र गरीब नागरिकलाई सम्मानजनक व्यवहार गर्दैन, तबसम्म सडकको यो आक्रोश शान्त हुने देखिँदैन।










समाचार
कारोबार साढे ४ अर्बमा सीमित, १६६ कम्पनी घट्दा नेप्से सामान्य करेक्सनसहित बन्द।
किन लाग्छन प्रहरीको गोली कम्मरभन्दा माथि? सुनसरीदेखि जेन्जी आन्दोलनसम्म उठ्दै गम्भीर प्रश्न:
नेपालले सुरु गर्यो सुरुङमार्गको नयाँ युग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन
शेयर बजारमा ३३ अंकको गिरावट: २७०० को विन्दुमा थामियो नेप्से, ६ अर्ब माथिको कारोबार
एमाले–नेकपा बीच प्रदेश सरकारको नयाँ सत्ता समीकरण, पाँच प्रदेशको नेतृत्व टुंगियो
विद्यार्थी आन्दोलनको चर्को दबाबपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
नेप्सेमा हरियाली: सूचक १४.१७ अंकले उकालो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
गाउँ–गाउँमा संगठन, जनतामाझ विश्वास: त्रिपुरासुन्दरी–२ मा श्रम संस्कृति पार्टीको नयाँ सुरुआत
सरकारले घुँडा टेक्यो : व्यापक विरोध पछि निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर फिर्ता
राजनीतिक बहसभन्दा जनजीविकाको सवाल महत्वपूर्ण