
काठमाडौं, १५ साउन। — पाकिस्तानको उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्रमा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको शक्तिशाली हिमपहिरोमा परेर विभिन्न देशका कम्तीमा १० जना आरोही सम्पर्कविहीन भएका छन्। प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ।
घटना हिजो साउन १४ गते बिहीबार विहान स्थानीय समय अनुसार ८:५७ देखि ९:३० बजेको वीचमा शिखरतर्फ उक्लिरहेका बेला क्याम्प–२ र क्याम्प–३ बीच भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। हिमपहिरोले आरोही टोलीलाई अचानक बगाएपछि उनीहरूसँगको सम्पर्क टुटेको थियो।
उद्धार टोलीले हालसम्म चार जनाको शव फेला पारेको जनाएको छ भने बाँकीको खोजी कार्य अझै जारी छ। खोज तथा उद्धारमा पाकिस्तान सेनाका हेलिकोप्टर, स्थानीय उद्धारकर्मी तथा पर्वतारोहणसम्बन्धी निकाय परिचालन गरिएका छन्। तर खराब मौसम, बाक्लो हिउँ र उच्च हिमाली भूभागका कारण अभियानमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।
हराइरहेकामध्ये नेपाली ५, पाकिस्तानी १, अमेरिकन १, चाईनीज र ओमानी एक एक जना रहेका बताइएको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (Nims Purja) पनि सोही टोलीमा रहेको र उनीबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाइएको छ।
ब्रोड पिक काराकोरम पर्वतशृङ्खलामा पर्ने विश्वकै जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ। यहाँ हिउँको अस्थिर अवस्था, तीव्र हावाहुरी, हिमपहिरो र आकस्मिक मौसम परिवर्तनका कारण आरोहण सधैं जोखिमपूर्ण रहने गर्छ। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण हिमनदी र हिउँको संरचनामा आएको परिवर्तनले यस्ता प्राकृतिक जोखिम थप बढाइरहेको छ।
पाकिस्तानी अधिकारीहरूले बेपत्ता आरोहीहरूको खोजीलाई प्राथमिकता दिइएको जनाएका छन्। मौसम अनुकूल भएमा हेलिकोप्टरमार्फत खोजीलाई थप तीव्र बनाइने तयारी रहेको छ। यस घटनाले विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ भने बेपत्ता आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै विभिन्न देशबाट शुभेच्छा सन्देश आइरहेका छन्।













समाचार
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा
कांग्रेसको नेतृत्वमा गगन थापा, अन्य पदको नतिजा कहिलेसम्म?