
काठमाडौं, १५ साउन। — पाकिस्तानको उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्रमा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको शक्तिशाली हिमपहिरोमा परेर विभिन्न देशका कम्तीमा १० जना आरोही सम्पर्कविहीन भएका छन्। प्रतिकूल मौसम र दुर्गम भूगोलका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको छ।
घटना हिजो साउन १४ गते बिहीबार विहान स्थानीय समय अनुसार ८:५७ देखि ९:३० बजेको वीचमा शिखरतर्फ उक्लिरहेका बेला क्याम्प–२ र क्याम्प–३ बीच भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। हिमपहिरोले आरोही टोलीलाई अचानक बगाएपछि उनीहरूसँगको सम्पर्क टुटेको थियो।
उद्धार टोलीले हालसम्म चार जनाको शव फेला पारेको जनाएको छ भने बाँकीको खोजी कार्य अझै जारी छ। खोज तथा उद्धारमा पाकिस्तान सेनाका हेलिकोप्टर, स्थानीय उद्धारकर्मी तथा पर्वतारोहणसम्बन्धी निकाय परिचालन गरिएका छन्। तर खराब मौसम, बाक्लो हिउँ र उच्च हिमाली भूभागका कारण अभियानमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।
हराइरहेकामध्ये नेपाली ५, पाकिस्तानी १, अमेरिकन १, चाईनीज र ओमानी एक एक जना रहेका बताइएको छ। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली मूलका पर्वतारोही निर्मल पुर्जा (Nims Purja) पनि सोही टोलीमा रहेको र उनीबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको जनाइएको छ।
ब्रोड पिक काराकोरम पर्वतशृङ्खलामा पर्ने विश्वकै जोखिमपूर्ण हिमालमध्ये एक मानिन्छ। यहाँ हिउँको अस्थिर अवस्था, तीव्र हावाहुरी, हिमपहिरो र आकस्मिक मौसम परिवर्तनका कारण आरोहण सधैं जोखिमपूर्ण रहने गर्छ। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण हिमनदी र हिउँको संरचनामा आएको परिवर्तनले यस्ता प्राकृतिक जोखिम थप बढाइरहेको छ।
पाकिस्तानी अधिकारीहरूले बेपत्ता आरोहीहरूको खोजीलाई प्राथमिकता दिइएको जनाएका छन्। मौसम अनुकूल भएमा हेलिकोप्टरमार्फत खोजीलाई थप तीव्र बनाइने तयारी रहेको छ। यस घटनाले विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ भने बेपत्ता आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै विभिन्न देशबाट शुभेच्छा सन्देश आइरहेका छन्।











समाचार
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली
रसुवाको विपत्ति :- प्रकृतिलाई दोष दिएर राज्य उम्कन पाउँदैन