काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा बाढीबाट डुबान एवं कटान क्षेत्रको शनिबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा केही दिनअघिको बेमौसमी वर्षासँगै आएको बाढीबाट प्रभावित इनरुवा–८ स्थित गहिडा टोलका ४१ घर परिवारलाई उहाँले राहतसमेत वितरण गरे । त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका–४ र ५ मा सुनसरी खोलाले कटान गरेको बाँधको मन्त्री कार्कीले स्थलगत निरीक्षण गरे ।
सोही सिलसिलामा बाढीमा डुबेर मृत्यु भएका भोक्राहा नरसिंह गाउँपालिका–७ का कलर मण्डलको परिवार र केही दिनअघि प्रहरीको हिरासतमा आत्महत्या गरेका मोहमद हकिम मियाँको परिवारसँग पनि भेटघाट गरे ।
त्यसैगरी बाढीका कारणले भोक्राहा नरसिंह गाउँपालिका–८ मा रहेको दुई वटा मदर्शामा भएको क्षतिको विषयमा उनले जानकारी लिनुभएको कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेस ४ नम्बर क्षेत्रका सभापति अयुव अंसारीले बताए ।
– रासस










समाचार
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली