नेप्से परिसूचकमा सामान्य सुधार: ४.७९ अंकले बढ्दा ४ अर्ब ४० करोडमाथिको कारोबार

​काठमाडौँ, २९ साउन।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४.७९ अंक (०.१८ प्रतिशत) ले बढेर २,६६७.९७ विन्दुमा पुगेर बन्द भएको छ।
​बुधबार बजारमा समग्रमा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार ४५७ रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरमा ३५० वटा कम्पनीका १ करोड ६ लाख ७ हजार ७३२ कित्ता सेयर ६१ हजार २८६ पटक किनबेच भएका छन्।

​बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब ८५ अर्व १० करोड ४५ लाख रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेसन १५ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। आज १२२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४३ वटा कम्पनीको मूल्य घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।

​धेरै कमाउने र गुमाउने कम्पनीहरू
​आजको कारोबारमा सोलु हाईड्रोपावर लिमिटेड (SOHL) का लगानीकर्ताले सर्वाधिक कमाएका छन्। सोलु हाईड्रोपावर लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशत (रु. ८७.७०) ले बढेर प्रति सेयर रु. ६७२.७० पुगेको छ। त्यस्तै शिखर पावर डेभलप्मेन्ट लिमिटेड (SIPD) ५.९१%, रिडी पावर कम्पनी लिमिटेड (RIDI) ५.७९%, गुडविल फाईनान्स लिमिटेड डिबेन्चर83 ५.३२% र BNHC ४.६८% ले बढेका छन्
​उता सर्वाधिक गुमाउने कम्पनीमा एभरेष्ट कलर लिमिटेड (ECL) रहेको छ, जसको सेयर मूल्य ९.०३ प्रतिशत (रु. १५६.४०) ले घटेर रु. १,५७५ मा सीमित भएको छ। यसैगरी कामना सेवा विकास बैंक डिबेन्चर 87 को सेयर मूल्य ८.७७%, मन्जुश्री फाईनान्स लिमिटेड डिबेन्चर 85 को ६.०२%, नविल डिबेन्चर82 को ५.७१% र प्रभु बैंक डिबेन्चर84 को ५.६०% ले घटेको छ।

​कारोबार रकम, कित्ता र संख्याको आधारमा अग्रस्थान
​कारोबार रकमका आधारमा सोलु हाईड्रो पावर लिमिटेड (SOHL) शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा रिडी पावर रिडि पावर कम्पनी लिमिटेड(RIDI) को ३४ करोड ८४ लाख रुपैयाँ र तेस्रोमा खानीखोला हाईड्रो पावर कम्पनी KKHC को २७ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

​कारोबार कित्ताका आधारमा रिडी पावर कम्पनी (RIDI) ९ लाख ३१ हजार ४५३ कित्ता सेयर बिक्रीसहित पहिलो स्थानमा रह्यो।
​त्यस्तै, कारोबार संख्या (ट्रान्ज्याक्सन) का आधारमा एभरेष्ट कलर लिमिटेड (ECL) ८,८८५ पटकको कारोबारसहित शीर्ष स्थानमा रह्यो भने सोलु हाईड्रोपावर (SOHL) ५,९६१ पटकको कारोबारसहित दोस्रो स्थानमा रह्यो।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट