
नयाँ दिल्ली । तमिलगा वेत्री कझगम (टीभीके)का अध्यक्ष सी.जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन् । उनको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै तमिलनाडुमा डीएमके र एआईएडीएमकेले करिब ६ दशकदेखि कायम राखेको राजनीतिक वर्चस्व अन्त्य भएको छ ।
तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईस्थित चेन्नईको जबाहरलाल नेहरु स्टेडियममा मा आयोजित विशेष समारोहबीच विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बिहान १० बजे सुरु भएको कार्यक्रममा टीभीकेका वरिष्ठ नेतासहित नौ जनाले मन्त्री पदको शपथ लिए ।
मुख्यमन्त्री विजयले कांग्रेसको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्ने भएका छन् । राज्यपाल अर्लेकरले उनलाई मे १३ भित्र वा सोअघि नै तमिलनाडु विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन् ।
मन्त्री पदको शपथ लिनेहरूमा बुसी एन। आनन्द, आधव अर्जुन, के।जी। अरुणराज, के।ए। सेनगोटैयन, पी। वेंकटरमणन, सी।टी।आर। निर्मलकुमार, ए। राजामोहन, टी।के। प्रभु र एस। कीर्तना रहेका छन् ।
शपथ ग्रहण समारोहमा राहुल गान्धी लगायत विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । टीभीकेलाई अहिले १२० विधायकको समर्थन रहेको बताइएको छ । तमिलनाडु विधानसभामा सरकार टिकाउन ११८ विधायकको समर्थन आवश्यक पर्ने व्यवस्था छ ।
इन्डियन युनियन मुस्लिम लिग ९आईयूएमएल० ले पनि विजय नेतृत्वको सरकारलाई निःशर्त समर्थन घोषणा गरेको छ । गठबन्धनमा सहभागी दलका विधायकहरूको समर्थनपछि विजयले स्पष्ट बहुमत सुनिश्चित गरेका हुन् ।
यसअघि शनिबार साँझ विजयले राज्यपाल अर्लेकरलाई भेटेर १२० विधायकको समर्थन पत्र बुझाएका थिए । त्यसपछि राज्यपालले टीभीकेलाई सरकार गठनका लागि औपचारिक अनुमति दिएका थिए । यससँगै केही दिनदेखिको राजनीतिक अन्योल अन्त्य भएको छ ।
फिल्म क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका विजयले छोटो समयमै जनसमर्थन विस्तार गर्दै तमिलनाडुको राजनीतिमा नयाँ शक्ति स्थापित गरेका छन् । उनको नेतृत्वमा बनेको सरकारलाई दक्षिण भारतीय राजनीतिमा ठूलो राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ ।











समाचार
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली