राझाँ । बाँकेको जानकी गाउँपालिकास्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी–२ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ । आजदेखि सुरु भएको मेला आइतबारसम्म सञ्चालन हुने गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए ।
उनकाअनुसार पुरानो मेलाका रूपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट भक्तजन आउने गर्दछन् । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछन् । ऐतिहासिक मेलाको संरक्षणका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको कार्यवाहक अध्यक्ष धितालले बताए ।
गुरुवागाउँ मेलामा किसानले भेडा जुधाउने प्रतिस्पर्धासमेत गर्ने गर्दछन् । कोरोना महामारीलाई मध्यनजर गर्दै धेरै भीडभाड हुने नौटंकी नाच यस वर्ष पनि सञ्चालन नगरिने गुरुवागाउँ मेला व्यवस्थापन समितिका अध्यक्ष तीर्थराम कुर्मीले जानकारी दिए । उनका अनुसार मेलामा रामलीला भने सञ्चालन गरिने छ । मेलास्थलमा मदिराजन्य पसल बेलुका ७ बजे अनिवार्य बन्द गर्नुपर्ने, जुवातासजन्य क्रियाकलाप सञ्चालन गर्न नपाइने तथा मेला राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय बैठकबाट गरिएको छ ।
यसैबीच कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाटमा पनि मेला लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्ती नदीमा स्नान गरी दान दिने र पूजाआजा गर्नेको बिहानैदेखि ठूलो भीड लागेको कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
– रासस












समाचार
इनम सापकोटा काण्डले हल्लायो ‘सेटिङ’को जग, शक्तिकेन्द्रका अनुहारमाथि प्रश्नैप्रश्न
काठमाडौंमा रगतको हाहाकार : बिरामीको उपचारमै संकट, रक्तदान गर्न रेडक्रसको अपिल
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा