धनुषा । धनुषामा आज बिहान एउटा यात्रुवाहक बस पल्टिएर दुर्घटनालगत्तै आगलागी हुँदा बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १२ जना यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गको धनुषाधाम नगरपालिका– ६ मालटोल सडक खण्डमा दुर्घटना हुँदा बसको पूरै भाग जलेर नष्ट भएको छ ।
आज बिहान ना ६ ख ७१०२ नं को बसको सन्तुलन बिग्रिएपछि सडकबाट तल खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । इप्रका ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले सडकबाट तल खसेको बसमा आफैँ आगो लागेको बताए ।
प्रहरी निरीक्षक सुवेदीले बस दुर्घटनाको क्रममा पल्टिँदा तेल ट्याङ्की फुटेर बसमा आगो लागेको हुनसक्ने अनुमान गरिएको बताए । घाइतेको नाम ठेगाना तत्काल खुल्न सकेको छैन । तर घाइते हुनेमा सातजना महिला, चार जना पुरुष र एक बालक रहेको प्रनि सुवेदी जानकारी दिए ।
घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक निजी स्वास्थ्य उपचार केन्द्रमा, दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र बाँकी यात्री सकुशल रहेको प्रहरीले जनाएको छ ।
बसमा लागेको आगो ढल्केबरस्थित दङ्गा नियन्त्रण गणका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय ढल्केवर जनपद प्रहरीले बारुणयन्त्रको मदतले नियन्त्रण लिएको थियो । आगोमा परी अधिकांश यात्रुको समान जलेर नष्ट भएको छ ।
– रासस













समाचार
इनम सापकोटा काण्डले हल्लायो ‘सेटिङ’को जग, शक्तिकेन्द्रका अनुहारमाथि प्रश्नैप्रश्न
काठमाडौंमा रगतको हाहाकार : बिरामीको उपचारमै संकट, रक्तदान गर्न रेडक्रसको अपिल
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा