काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए ।मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाए । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैछौँ”, उनले भने ।
विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे । मङ्गलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ । त्यसैगरी आज ग्वार्काेमा पनि खोप केन्द्र थप गरिएको छ ।
– रासस
फेसबुक प्रतिक्रिया










समाचार
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली