डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । बाढी-पहिरोमा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताएसायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई रु दुई दुई लाख तथा वडा नं ६ अम्ततोडाका आशिष कुञ्जेडा र सागर कुञ्जेडाका बुवा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख हस्तान्तरण गरिएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ । यस्तै शिखर नगरपालिका–११ मा बाढीपहिरामा परी मृत्यु भएकी मन्धरी वलायरका आफन्त, वोगटान गाउँपालिका–५ का मृतक चनरी नेपालीका श्रीमान् इन्द्र नेपालीलाई समेत राहत रकमको चेक हस्तान्तरण गरिएको छ ।
जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । अहिलेसम्म कम्तीमा रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
– रासस












समाचार
कारोबार साढे ४ अर्बमा सीमित, १६६ कम्पनी घट्दा नेप्से सामान्य करेक्सनसहित बन्द।
किन लाग्छन प्रहरीको गोली कम्मरभन्दा माथि? सुनसरीदेखि जेन्जी आन्दोलनसम्म उठ्दै गम्भीर प्रश्न:
नेपालले सुरु गर्यो सुरुङमार्गको नयाँ युग, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन
शेयर बजारमा ३३ अंकको गिरावट: २७०० को विन्दुमा थामियो नेप्से, ६ अर्ब माथिको कारोबार
एमाले–नेकपा बीच प्रदेश सरकारको नयाँ सत्ता समीकरण, पाँच प्रदेशको नेतृत्व टुंगियो
विद्यार्थी आन्दोलनको चर्को दबाबपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा
नेप्सेमा हरियाली: सूचक १४.१७ अंकले उकालो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
गाउँ–गाउँमा संगठन, जनतामाझ विश्वास: त्रिपुरासुन्दरी–२ मा श्रम संस्कृति पार्टीको नयाँ सुरुआत
सरकारले घुँडा टेक्यो : व्यापक विरोध पछि निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर फिर्ता
राजनीतिक बहसभन्दा जनजीविकाको सवाल महत्वपूर्ण