डोटी । गत आसोज ३१ गतेदेखिको लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी ज्यान गुमाएका सायल गाउँपालिकाका पीडितलाई राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले उक्त क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । बाढी-पहिरोमा ज्यान गुमाएकालाई प्रतिपरिवार दुई लाखका दरले रकम प्रदान गरिएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि राहत वितरण गरिने प्रजिअ विष्टले बताएसायल गाउँपालिका–१ रोकाया गाउँका वीरे रोकाया, वडा नं ४ भल्माका जङ्ग विष्ट, वडा नं ५ डुमरीका हिरुवा लुहार र सोही वडा भालुमेलाका देव डुम्रेलका परिवारका सदस्यलाई रु दुई दुई लाख तथा वडा नं ६ अम्ततोडाका आशिष कुञ्जेडा र सागर कुञ्जेडाका बुवा दिलबहादुर कुञ्जेडालाई रु तीन लाख हस्तान्तरण गरिएको छ ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले पीडित परिवारलाई भाँडाकुँडा, कम्बल र लुत्ताकपडा प्रदान गरेको छ । यस्तै शिखर नगरपालिका–११ मा बाढीपहिरामा परी मृत्यु भएकी मन्धरी वलायरका आफन्त, वोगटान गाउँपालिका–५ का मृतक चनरी नेपालीका श्रीमान् इन्द्र नेपालीलाई समेत राहत रकमको चेक हस्तान्तरण गरिएको छ ।
जिल्लामा बाढीपहिराबाट १५ जनाको मृत्यु भएको थियो भने एक बेपत्ता छन् । अहिलेसम्म कम्तीमा रु एक करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
– रासस













समाचार
इनम सापकोटा काण्डले हल्लायो ‘सेटिङ’को जग, शक्तिकेन्द्रका अनुहारमाथि प्रश्नैप्रश्न
काठमाडौंमा रगतको हाहाकार : बिरामीको उपचारमै संकट, रक्तदान गर्न रेडक्रसको अपिल
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा