
लोकप्रिय गायिका इन्दिरा जोशीले सामाजिक सञ्जालमार्फत आफ्नो गर्भावस्थाको नयाँ अनुभव र बेबी बम्प फोटोसुट सार्वजनिक गरेकी छन्। जुम्ल्याहा सन्तानको प्रतीक्षामा रहेकी उनले भावुक स्टाटससहित आकर्षक तस्वीरहरू साझा गरेकी हुन्, जसले उनका प्रशंसकहरूको ध्यान खिचेको छ।
इन्दिराले आफ्नो पोस्टमा गर्भावस्था आफूले कल्पना गरेभन्दा धेरै चुनौतीपूर्ण रहेको अनुभव साझा गरेकी छन्। उनले लेखेकी छन्, “अहिलेसम्म जुम्ल्याहा बच्चासँगको यात्रामा मैले जे अनुभव गरें, त्यसपछि अब म आफूलाई ‘यदि यो गर्न सक्छु भने जे पनि गर्न सक्छु’ भन्ने महसुस गरिरहेकी छु।”
उनले गर्भावस्थाको यात्राले आफूलाई मानसिक र शारीरिक रूपमा अझ बलियो बनाएको उल्लेख गर्दै यस अवधिलाई जीवनकै महत्वपूर्ण सिकाइको समयका रूपमा व्याख्या गरेकी छन्।
साथै, उनले अघिल्ला पुस्ताका महिलाहरूले गर्भावस्थाका कठिनाइबारे धेरै कुरा बाहिर नल्याएको भन्दै अहिलेको पुस्ताले आफ्ना अनुभवहरू खुला रूपमा साझा गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। उनका अनुसार यसले अन्य महिलालाई पनि प्रेरणा र आत्मविश्वास दिनेछ।













समाचार
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।
विपद्मा मन्त्री उद्धारकर्मी बन्ने होइन, सम्पूर्ण संयन्त्र परिचालन गर्ने हो : गणेश पराजुली