
४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई पराजित गर्यो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्ड विरुद्ध नेपालको बलिङ र ब्याटिङ दुवै चम्कियो ।
नेपालले स्कटल्यान्डसँग जित मात्रै निकालेन, यसअघिको २ रनको हारको बदलासमेत लियो । गत मंगलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग डीएलएस मेथडअनुसार २ रनले पराजित भएको थियो ।
खराब फर्ममा रहेका कप्तान रोहित पौडेल र लगातार विकेटविहीन बनेका ललित राजवंशीले यो खेलमा जित निकाल्दा महत्वपूर्ण भूमिका खेले । विकेटविहीन बनेका ललित स्कटल्यान्डविरुद्ध हावी हुँदै ४ विकेट लिए । उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए, जसले स्कटल्यान्डलाई १९४ रनमै रोक्न महत्वपूर्ण भूमिका खेल्यो ।
पछिल्ला ९ ओडीआईमा ललितले २ विकेट लिएका थिए । अर्का स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिँदै स्कटल्यान्डलाई दबाबमा राखे । १२६ रन जोड्दा ३ विकेट गुमाएको स्कटल्यान्डले थप ६८ रन जोड्दा ७ विकेट गुमाउन पुग्यो । सोमपाल कामी, नन्दन यादव र दीपेन्द्रसिं ऐरीले पनि एक-एक विकेट लिए ।
नेपालले ब्याटिङमा आशलाग्दो प्रदर्शन गर्यो । पछिल्लो खेलमा उत्कृष्ट ओपनिङ साझेदारी गरेका कुशल भुर्तेल र आसिफ शेखले यस खेलमा पनि निरन्तरता दिए ।
उनीहरूले पहिलो विकेटका लागि ६.४ ओभरमा ५८ रनको साझेदारी गरे । कुशल २७ मा २८ र आसिफ १७ मा २९ रन बनाएर आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशान पाण्डेले सम्हाले । उनीहरूले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । जसले नेपाललाई जितको बाटो देखायो ।
लगातार खराब प्रदर्शन गरिरहेका कप्तान रोहितले स्कटल्यान्डविरुद्ध सम्हालिएर ब्याटिङ गरे । उनी ९८ बलमा ७४ बनाउँदै अविजित रहे । रोहितसँग साझेदारी गरेका इशानले पहिलो अर्धशतक प्रहार गरे । उनी ६१ बलमा ५५ रन बनाएर आउट भए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आारिफ शेखले २३ बलमा ८ रन बनाएर रोहितलाई साथ दिए ।
शीर्ष स्थानको स्कटल्यान्डविरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल यो जितपछि दुई स्थान फड्को मार्दै पाँचौं स्थानमा उक्लिएको छ । २७ खेल खेलेको नेपालले २२ जोडेको छ । २८ खेल खेलको नामिबिया समान २२ अंकसहित रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ । २४ खेलबाट २१ अंक जोडेको क्यानडा सातौं र २४ खेलबाट १४ अंक जोडेको युएई अंक तालिकाको पुछारमा छ ।
पराजित भएपनि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंक जोड्दै पहिलो स्थानमै छ । अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । ओमन २८ खेलबाट ३१ अंक जोड्दै तेस्रो र २४ खेलबाट २८ अंक जोड्दै नेदरल्याण्ड्स चौथो स्थानमा छ ।













समाचार
काठमाडौंमा रगतको हाहाकार : बिरामीको उपचारमै संकट, रक्तदान गर्न रेडक्रसको अपिल
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा