बेलायत । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताए ।
नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
विभिन्न अवसरमा बेलायतको संसद्मा नेपालप्रति व्यक्त गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री देउवाले कठिन समयमा प्रस्तुत सद्भाव र ऐक्यबद्धताले नेपालका असल मित्रहरू रहेका विषयको सुखद स्मरण गराउँछ भने । सर्वदलीय संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्मा, उपाध्यक्ष लर्ड शेख, लगानी मञ्चका अध्यक्ष लर्ड ल्याङकास्टर र सांसद क्याथरिन वेस्टले बेलायत–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गरेको थिए ।
आजै प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्नेछन् भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुहुने स्वागत समारोहमा उनी सहभागी हुने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ। आजै प्रधानमन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्नेछन् ।
– रासस












समाचार
काठमाडौंमा रगतको हाहाकार : बिरामीको उपचारमै संकट, रक्तदान गर्न रेडक्रसको अपिल
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा