काठमाडौं । नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे ।
राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाए । यस्तै विकर्णले खेलको १६औँ मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । हरिले खेलको ४९औँ मिनेटमा गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेन ।
आर्मीका हरि महतो ‘म्यान अफ द म्याच’ घोषित भए । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ तथा उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
– रासस











समाचार
हेर्ने कथा’को भिडियोले छोयो हर्क साम्पाङको मन : पुल नभएको रिप गाउँ पुग्ने वाचा पूरा गर्दै हुम्लामा भव्य स्वागत
२१ किलो सुन बरामद प्रकरणमा नयाँ रहस्य : चिनियाँ नागरिक पक्राउ, मालिक र गन्तव्य अझै अज्ञात
महानायक हमालको प्रश्न : भारतसँग मित्रता कि राष्ट्रिय स्वाभिमानसँग सम्झौता?
सप्तकोशीमा मोटरबोट दुर्घटना : तीनको मृत्यु, तीन बेपत्ता; यात्रु सुरक्षामाथि गम्भीर प्रश्न
दशैंको बिदाइ, परम्पराको समीक्षा : आस्था, आत्मीयता र बदलिँदो उत्सवको ऐना।
दसैँको खुसीमा बाढीको पीडा : उपत्यका छाड्नेको लर्को, हजारौँ परिवारमा शोक र अनिश्चितता
खगेन्द्र सुनारको अडियो विवाद : एआईको दाबी, समर्थकको आक्रोश र निष्पक्ष छानबिनको प्रश्न
बाढीपीडितको खिन्न दसैँ—राज्यको सुस्त गति, प्रशासनिक ढिलासुस्ती र नागरिकको पीडा
बाढीको सन्देश: पूर्वतयारी र प्रविधिमैत्री पूर्वसूचनामै छ सुरक्षा
गोरखामा पहिरोले खोलाको बहाव रोकिँदा बूढीगण्डकीमा आकस्मिक बाढी, तटीय बस्ती जोखिममा