महोत्तरी । आधुनिक झिलिमिली बिजुली बत्ती, धातुका दियो, भाँडाकुडालगायतका वस्तुका कारण तिहार र छठपर्वको लागि पुस्तौँदेखि महोत्तरीमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाले जातीको पेसा सङ्कटमा पर्दै गएको छ ।दिपावली र छठको बेला बर्सेनि लाखौँको माटाका भाँडाकुडा र दियो बिक्री गर्ने गरेका कुमालेहरुले आधुनिक रुपमा बजारमा आएका तारले बनेको झिलिमिली बत्ती, प्लास्टिक र धातुका विभिन्न भाँडाकुडाले गर्दा माटोको भाडावर्तन र दियो (पाला)लगायतका सामग्रीको बिक्रीमा निक्कै कमी आएर आफूहरुको व्यवसाय नै सङ्कटमा पर्दै गएको जलेश्वर नगरपालिका–६ का कुमाले बिरजु पण्डितले बताए ।
पहिला पहिला हिन्दूहरुको महान चाड दिपावली, तिहार, छठ पर्वलगायत अन्य पूजापाठमा अति आवश्यक रुपमा माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया, कुरबारलगायतका सामग्रीको माग हुने गथ्र्यो । माटोकै भाँडाकुडा चोखो हुने गरेको भन्दै सबैले माटाकै भाँडाकुडा प्रयोग गरेको बेला आफूहरुलाई ती भाँडाकुडा पूर्ति गर्न भ्याइनभ्याइ हुने गरेको बताउँछन् भने अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लास्टिकका भाँडाकुडा तथा बिजुली बत्ती प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय धरासयी बनेको उनले बताए ।
महोत्तरीको सदरमुकाम जलेश्वरसहित १५ वटै स्थानीय तहमा कुमाले जातीका मानिसले माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया र कुरबारलगायतका सामग्री बेच्ने गरेकोमा अहिले नगन्य मात्रामा ती सामग्री बिक्री हुने गरेको बढी महोत्तरी गाउँपालिका–११ कुमाले सियाराम पण्डितले बताए ।
पहिला महोत्तरीको विभिन्न गाउँ–ठाउँमा बनाइएका माटाका भाँडाकुडा तराई–मधेशमा मात्रै नभएर काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुबनी, दरभङगा, सितामढी र पटनासम्मसमेत निर्यात हुने गरेकोमा अहिले स्थानीय बजारमै पनि माग नभइदिँदा दिनानुदिन यस पेसामा लागेकाको पेसा धरापमा पर्दै गएको जलेश्वर नगरपालिका– १ का कुमाले जोगिया पण्डितले बताए ।
अत्याधिक श्रमको प्रयोग र आर्थिक लगानीमा तयार गरिने माटोको भाँडाकुडा, दियो, मटिया, कुसिया, कुरबारलगायतका सामग्री बिक्री नहुनु र बिक्री भए पनि लागेको लगानीसमेत नआउनुले यस पेशामा अब नयाँ पुस्ता बस्न नचाहेको जलेश्वर नपा– ६ का कुमाले मङगल पण्डितले बताए । तर धेरैजसोले अहिले पनि आधुनिक भाँडाकुडा चोखो नहुने, यसमा व्रत तथा पर्व गर्दा शुद्ध नहुने मान्यता राखेकोले उनीहरु अझै पनि माटोकै भाँडाकुडा प्रयोग गर्न रुचाउने भएकोमा कुमाले जातिका बुढापाकाले जसोजतो ती सामग्री बनाएर उनीहरुको माग धानिरहेको अनुभव सुनाउँछिन् जलेश्वर नगरपालिका– ८ की गृहणी रेणु मण्डल ।
– रासस













समाचार
मलेसिया रोजगारीमा नयाँ गाँठो : २५ म्यानपावरलाई मात्र अनुमति, हजारौँ कामदारको भविष्य अन्योलमा
जलवायु न्यायको अन्तर्राष्ट्रिय चुनौती र नेपालको गम्भीर आन्तरिक सङ्कट
बालेन क्याबिनेटमा फेरि अर्को विकेट: विवादित अभिव्यक्ति दिएको २४ घण्टामै मन्त्रीको राजीनामा, रुँदै छाडिन् सिंहदरबार!
नेप्सेमा दोहोरो दबाब : सूचक १३.८५ अंक घट्यो, कारोबार ४ अर्बमाथि
ग्यास संकट चर्किएपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा
सुनको अन्डा पाउने हतारमा कुखुरा नै मार्ने अर्थमन्त्रीको नीतिः
अर्जेन्टिनामा समुद्र सुकेको हल्ला भ्रामक: पानी हट्दा देखियो करोडौँ वर्ष पुरानो चट्टानी भू-भाग।
त्रिशूलीले काट्यो कृष्णभीर, बजारले भाँच्यो नागरिकको ढाड: पहिरो र कालोबजारीको दोहोरो मारमा जनता।
ग्यास पाउन उपभोक्ता कहिलेसम्म लाइन बसिरहने? आपूर्ति व्यवस्थापनमा सरकारी लाचारी:
बाढीपीडित महिलाको आँसुमाथि सामाजिक सञ्जालमा गालीको वर्षा : हामी कस्तो समाज बनाउँदैछौं।